गण्डकी विश्वविद्यालयको कुलपतिमा इन्द्रप्रसाद तिवारी नियुक्त

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी विश्वविद्यालयको कुलपतिमा इन्द्रप्रसाद तिवारी नियुक्त भएका छन् । सिफारिस समितिले तिवारीसहित प्राडा विश्वकल्याण पराजुली र प्राडा सरोज कोइरालाको नाम सिफारिस गरेको थियो । तीन जना मध्ये गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तिवारीलाई कुलपतिमा न्युक्त गरेका हुन् । उनको कार्यकाल पाँच वर्षको हुनेछ ।

कुलपतिका लागि ७ जनाले आवेदन दिएको भए पनि ५ जनाको मात्र स्वीकृत भएको थियो । आवेदन स्वीकृत हुनेमा प्राडा कुसुमाकर न्यौपाने र प्राडा नवराज देवकोटा समेत थिए । देवकोटा गण्डकी विश्वविद्यालयकै बहालवाला उपकुलपति हुन् ।

कुलपति पदका उम्मेदवारलाई आफ्नो योग्यता, अनुभव र भविष्यको कार्ययोजनाबारे प्रस्तुतीकरण गर्ने मौका दिइएको थियो । गत ४ फागुनमा कुलपति प्राडा गणेशमान गुरुङको पदावधि सकिएपछि छनोट समितिले सूचना प्रकाशित गरेको थियो ।

१५ दिनको अवधि राखेर सूचना प्रकाशन गरिएकामा ७ जनाको आवेदन परेको थियो । २ जनाको आवेदन अस्वीकृत भएको थियो । नवनियुक्त कुलपति तिवारी तिवारी पोखरा विश्वविद्यालय स्कुल अफ सोसल साइन्सका पूर्वडीन समेत हुन् ।

  • २९ चैत्र २०८१, शुक्रबार १८:४२ प्रकाशित