पूर्वराजा शाहलाई संसदीय समितिमा बोलाउनु पर्छ : सहमहामन्त्री परियार

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले पूर्वराजा ज्ञानेन्द्र शाहलाई समिति बैठकमा बोलाउन माग छन् ।शुक्रबार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समिति बैठकमा बोल्दै उनले पूर्वराजा शाहलाई समिति बैठकमा बोलाउन समितिका सभापतिसंग माग गरेका हुन् । १५ चैतमा तीनकुने क्षेत्रमा भएको घटनाबारे बुझ्न पूर्वराजा शाहलाई समितिमा बोलाउनुपर्ने उनको भनाई छ ।

काठमाडौंको तीनकुनेमा १५ मा भएको राजावादीहरूको प्रदर्शनमा भएका मानव अधिकार उल्लङ्घनका विषयहरूमाथि समितिले शुक्रबार गृहमन्त्री रमेश लेखकलाई बोलाएर छलफल गरिरहेको छ । ‘कुरा उठेको छ फागुन २५ गते पूर्वराजा ज्ञानेन्द्र जो नेपाली नागरिक हुनुहुन्छ अहिले ।

उहाँ पोखराबाट काठमाडौं आउँदै गर्दा जुन खालको स्वागत, सत्कार र सम्मान गरे जनताले, ती पनि जनता नै हुन् । तर त्यो आवश्यक थियो कि थिएन, चैत १५ गतेको घटनामा उहाँ संलग्न हुनुहुन्छ कि हुनुहुन्न भन्ने बारेमा विभिन्न विचारहरू आउन थालेका छन्,’ उनले भने, ‘सभापतिज्यू, पूर्वराजा ज्ञानेन्द्र शाहलाई यो समितिमा बोलाऔं र सोधौं ‘यो मानव अधिकार उल्लंघनको घटना हो कि होइन ?, तपाईंले गरेको हो कि होइन ? तपाईं एउटा नागरिकको हैसियतले यस्तो घटना गर्न पाउनु हुन्छ, के हो कुरा ? यसका बारेमा पनि छलफल गर्न आवश्यक छ।’

अराजकता र अमानवीय व्यवहार गर्ने छुट कसैलाई पनि नहुने उनले बताए।

  • २९ चैत्र २०८१, शुक्रबार १३:४६ प्रकाशित