एमालेले भन्यो– दुर्गा प्रसाईं पक्राउ परे, अब पूर्वराजालाई पनि कानूनी दायरामा ल्याउनुपर्छ

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौँलाले चैत १५ गते राजावादीहरुको आन्दोलनका कमाण्डर दुर्गा प्रसाईले प्रहरीलाई मार्ने उद्देश्यले गाडी चलाएको दाबी गरेका छन् । कानून समितिको बैठकमा बोल्दै मार्ने उद्देश्यले प्रहरीमाथि गाडी चढाउन खोज्दा समेत प्रहरीले शालिनता प्रस्तुत गरेको बताए ।

उनले भने, ‘त्यहाँ ठूलो मानवीय क्षति हुनसक्ने हामीले भिडिओहरुबाट देख्छौं । दुर्गा प्रसाईंजी प्रहरीको नियन्त्रणमा आइपुगेको भन्ने हामीले सुनेका छौं । कोही कसैलाई पनि उन्मुक्ति नहोस्, कानून बमोजिम कारवाहीको दायरामा ल्याउनले कुरामा सरकारको दृढतापूर्वक पहलकदमी होस् ।’

उनले यो प्रक्रियामा कहिँ न कहिँ पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि जवाफदेहिताको तहमा पनि ल्याइनुपर्ने बताए । यति ठूलो घटना हुँदा पूर्वराजाले सार्वजनिक गरेको आह्वानबाट उत्साही भएर जे घटना भइरहेका छन्, त्यो घटनासँग जोडेर कुनै प्रतिक्रिया दिनुभएको छ । उनले पूर्वराजाबारे पनि सार्वजनिक प्रश्न उठेको बताए ।

  • २९ चैत्र २०८१, शुक्रबार १२:३६ प्रकाशित