पसाईं पक्राउ बारे अलग-अलग दाबी

केन्द्रभाग मिडिया

फाइल तस्बिर

पोखरा ।
राजावादीहरुको तीन कुने आन्दोलनका कमाण्डर दुर्गा प्रसाईं पक्राउका विषयमा राजावादी र नेपाल प्रहरीले अलग अलग दाबी दाबी गरेका छन् । दुर्गा प्रासाईंकै सचिवालयले दुर्गा प्रसाईंले आसाम प्रहरी समक्ष आत्मसमर्पण गरेको बताएको छ ।

राजसंस्था पुनःस्थापनाका लागि बनेको संयुक्त जनआन्दोलन समितिले भने दुर्गा प्रसाईंले प्रहरीसामु आत्मसमर्पण नगरेको जनाएको छ । दुर्गा प्रसाईं भारतमा पक्राउ परेको समाचारहरू आएपछि समितिका प्रवक्ता स्वागत नेपालले एक विज्ञप्ति जारी गरी प्रष्टीकरण दिँदै प्रसाईंले आत्मसमर्पण नगरी नेपाल आउन सघाउन आग्रह मात्र गरेको दाबी गरेका छन् । । उनले प्रसाईंको जीउज्यानको सुरक्षा गर्न समेत माग गरेका छन् ।

राति निकालिएको विज्ञप्तिम प्रसाईंले भारतीय प्रहरीसमक्ष आफ्नो ज्यानको सुरक्षासहित नेपाल प्रवेश गर्न सहयोग गरिदिन अनुरोध गरेको दाबी गरिएको छ ।

यता नेपाल प्रहरीले दुर्गा प्रसाईं पक्राउ नै नपरेको बताएको छ । प्रहरी प्रधान कार्यालयले दुर्गा प्रसाईंलाई पक्राउ गरेको तथ्य पुष्टि गर्न इन्कार हो । भारतको आसाममा पक्राउ गरेर नेपाल ल्याउँदै गरेको सूचना चुहिएपछि प्रहरी प्रधान कार्यालयले ‘हालसम्म प्रसाईं पक्राउ नपरेको’ जिकिर गरेको छ ।

प्रहरी प्रवक्ता (डीआईजी) दिनेशकुमार आचार्यले प्रेस विज्ञप्तिमार्फत भनेका छन्, विभिन्न आपराधिक घटनामा संलग्न रही फरार दुर्गा प्रसाईं नेपाल प्रहरीको खोजीको सूचीमा रहेको जानकारी गराउँदै हालसम्म प्रसाईं पक्राउ नपरेको हुँदा भ्रामक समाचार प्रकाशन, प्रसारण नगरिदिनुहुन अनुरोध गर्दछौँ ।’

  • २९ चैत्र २०८१, शुक्रबार ०७:३९ प्रकाशित