भारतको आसामबाट पक्राउ परे दुर्गा प्रसाईं, नेपाल ल्याइँदै

केन्द्रभाग मिडिया

काठमाडौं
दुर्गा पसाईं पक्राउ परेका छन् । उनलाई प्रहरीले भारतको आसाम राज्यबाट पक्राउ गरेको हो ।

यही १५ चैतमा तीनकुनेमा भएको हिसांत्मक प्रदर्शनका मुख्य कमान्डर रहेका प्रसाईंलाई पक्राउ पस्चात काकडभिट्टा हुँदै नेपाल ल्याइँदै गरेको प्रहरी स्रोतले बताएको छ । प्रसाईं भागेर भारत पुगेको सुचना पाएको प्रहरीको विशेष टोलीले भारत केन्द्रीत खोजी गरेको थियो ।

तीनकुनेमा भएको हिसांत्मक प्रदर्शनपछि फरार प्रसाईंले दुई वटा भिडियो सामाजिक सञ्जालमा समेत अपलोड गरेका थिए । उक्त भिडियोमा उनले आफू भागेको नभइ सुरक्षित स्थानमा बसेको दाबी गरेका थिए ।

प्रसाईंको नेतृत्वमा तिनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा दुई जनाको मृत्यु भएको थियो भने लुटपाट, तोडफोड र आगजनी समेत भएको थियो ।

  • २८ चैत्र २०८१, बिहीबार २१:२५ प्रकाशित