काठमाडौं ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दिपेन्द्रसिंह ऐरीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा अर्को नयाँ कीर्तिमान बनाएका छन् । उनले करियरमा सबैभन्दा लामो इनिङसम्म बिना डक (शुन्यमा आउट नहुनु) खेल्दै उक्त कीर्तिमान बनाएका हुन् । दिपेन्द्र पछिल्लो ६६ खेलमा डकआउट भएका छैनन् ।
बिहीबार भएको कुवेतसँगको खेलमा उनले १२ बलमा ३१ रन बनाउँदै नेपालको जितको आधार तय गरेका थिए । उनीभन्दा पछाडि वेस्ट इन्डिजका मार्लन सामुयल्स छन् जसले ६५ खेलसम्म डकआउट नभएर कीर्तिमान बनाएका छन् ।
दिपेन्द्रले यसअघि सबैभन्दा छिटो ९ बलमा अर्धशतक बनाउने कीर्तिमान पनि आफ्नो नाममा गरेका छन् जुन् तोडिँदैन केवल बराबरी मात्र हुन सक्छ ।















