पोखराको एयरपोर्ट फिडर क्षेत्रमा ६ घण्टादेखि विद्युत आपूर्ति ठप्प

केन्द्रभाग मिडिया

पोखरा ।

वर्षा र हावाहुरीका कारण एयरपोर्ट फिडरमा विहान ३ बजे देखि विद्युत आपूर्ति हुन सकेको छैन ।

वर्षासंगै हावाहुरी चलेकाले पोल भाँचिँदा र रुढ ढलेरका लगायतका समस्याका कारण एयरपोर्ट फीडअन्तर्गत रहेका स्थानमा विद्युत सप्लाई बन्द भएको नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रका प्रमुख जीतेन्द्र यादवले जानकारी दिए ।

उनका अनुसार पोखरा राष्ट बैंक चोक नजिक पर्यटन बसपार्क अगाडिको पोल भाँचिएको छ । त्यसैगरी हिमाली टोलमा एउटा रुख ढलेर विद्युत आपूर्तिमा समस्या आएको छ ।

पोल गाढ्ने र रुख पन्छाउने काम भइरहेकाले विद्युत आपूति हुन केही समय लाग्ने उनले बताए । एयरपोर्ट फिडर अन्तर्गत अन्तर्गत मुस्ताङ चोक, हिमाली टोल, राष्ट्रबैक चोक, एयरपोर्ट, घरिपाटन र विरौटा लगायतका क्षेत्र रहेका छन् ।

 

  • २८ चैत्र २०८१, बिहीबार ०८:४८ प्रकाशित