पोखरा ।
आज अमेरिकी डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको विनियमदर बढेको छ । तर, अस्ट्रेलियन डलरको विनियमदर भने घटेको छ ।
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिददर १३८ रुपैयाँ ४१ पैसा र बिक्रीदर १३९ रुपैयाँ ०१ पैसा छ । हिजो अमेरिकी डलर १ को खरिददर १३७ रुपैयाँ ७३ पैसा र बिक्रीदर १३८ रुपैयाँ ३३ पैसा थियो ।
आज युरो १ को खरिददर १५२ रुपैयाँ ८९ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५६ पैसा छ । हिजो युरो १ को खरिददर १५० रुपैयाँ ६२ पैसा र बिक्रीदर १५१ रुपैयाँ २८ पैसा थियो । आज पाउन्ड १ को खरिददर १७७ रुपैयाँ ३८ पैसा र बिक्रीदर १७८ रुपैयाँ १६ पैसा छ । हिजो पाउन्ड १ को खरिददर १७५ रुपैयाँ ८७ पैसा र बिक्रीदर १७६ रुपैयाँ ६३ पैसा थियो ।
अस्ट्रेलियन डलर १ को खरिददर ८३ रुपैयाँ ०९ र बिक्रीदर ८३ रुपैयाँ ४५ पैसा छ । हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८३ रुपैयाँ ३० र बिक्रीदर ८३ रुपैयाँ ५६ पैसा थियो ।
त्यसैगरि कुबेती दिनार १ को खरिददर ४५० रुपैयाँ १९ पैसा र बिक्रीदर ४५२ रुपैयाँ १४ पैसा छ । हिजो कुबेती दिनार १ को खरिददर ४४७ रुपैयाँ १९ पैसा र बिक्रीदर ४४९ रुपैयाँ १४ पैसा थियो ।
आज बहराइन दिनार १ को खरिददर ३६७ रुपैयाँ १२ पैसा र बिक्रीदर ३६८ रुपैयाँ ७१ पैसा छ । हिजो बहराइन दिनार १ को खरिददर ३६५ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३६६ रुपैयाँ ९७ पैसा थियो ।















