राष्ट्रिय हेमजा आलु महोत्सवमा चौथो दिनसम्म ३५ हजार दर्शक सहभागी

केन्द्रभाग मिडिया

पोखरा ।

हेमजामा जारी १३ औं राष्ट्रिय हेमजा आलु महोत्सवमा दिनप्रतिदिन दर्शक सहभागिता बढ्दै गएको छ । महोत्सव मध्येतिर आइरहदाँ दर्शक सहभागिता पनि बढ्दै गएको हो ।

महोत्सवको चौथो दिन आज बुधबार मात्रै १० हजार बढी दर्शकले महोत्सव अवलोकन गरेका छन् । जुन महोत्सवका अन्य दिनको तुलनामा बढी हो । हालसम्म ३५ हजार बढी दर्शकले महोत्सव अवलोकन गरिसकेको मूल आयोजक समितिका महासचिव हिक्मत थापा जानकारी दिए ।

महोत्सव अवलोकन गर्नकै लागि हेमजा लगायत पोखरा महानगरपालिका, अन्नपूर्ण तथा माछापुच्छ्रे गाउँपालिका साथै छिमेकी जिल्लाबाट समेत मानिसहरु महोत्सव स्थल पुगेका छन् । महोत्सव प्रवेशका लागि साधारण ८० तथा विद्यार्थीका लागि ५० रुपैयाँमा टिकट व्यवस्था गरिएको छ । जसअनुसार दर्शक सहभागिता बढ्दै जाँदा आयोजक समेत हैसिएको छ ।

कृषि उपजमा नाममा भएको महोत्सव आफैमा महत्वपूर्ण भएकाले परिवार सहित अवलोकन गर्न आएको बुधबार महोत्सव स्थलमा भेटिएकी तनहुँ दुलेगौँडाकी सोममाया तामाङले बताइन् । त्यसका साथै आलु लगायत अन्य स्टलवाट सामग्रीको बिक्रीवितरण हुने क्रम समेत हवातै बढेको छ । बुधबारसम्मका ७ सय २० घरपरिवार मानिसले आलु किनी लगेको आलु तथा कृषि उपज व्यवस्थापन उपसमिति संयोजक जयराम तिम्सिनाले जानकारी दिए ।

स्याङजा, चितवन, तनहुँ, पर्वत, मुस्ताङ, बाग्लुङ, सुनसरी लगायतका जिल्लाबाट समेत मानिस महोत्सवमा आई आलु किनी लगेको र हालसम्म न्यूनत्तम १० तथा अधिकत्तम १ सय ५० केजीसम्म प्रति परिवारले आलु खरिद गरेको संयोजक तिम्सिनाले बताए ।महोत्सवको चौथो दिन बुधबारसम्म करिव साढे ७ लाखको आलु कारोवार भएकोका प्रतिकेजी रु.४२ मा आलु बिक्री गरिएको छ ।

महोत्सव अन्तर्गत बुधबार कलाकारहरु ज्योति मगर, जीवन दाहाल, रामजी पौडेल, तुलसा क्षत्री, सुमन खड्का, परशुराम अधिकारी, दुर्गा क्षत्री तथा हास्य कलाकारहरु युवराज भण्डारी र राजेन्द्र नेपालीका प्रस्तुतिहरु रहे । बिहीबार एलिना चौहान, जीवन दाहाल, रेशम निर्दोष, सरस्वती लामिछाने, इन्द्रा गुरुङ, परशुराम अधिकारी, सुभद्रा श्रेष्ठ, नवराज अधिकारीका प्रस्तुतिहरु रहने आयोजकले जनाइएको छ ।

त्यस्त महोत्सवमा मंगलबारदेखि रत्यौली गीत प्रतियोगिता पनि सुरु भएको छ ।रत्यौलीतर्फ बुधबार तिन समूह शान्ति आमा समूह, सिर्जनशील आमा समूह र जनकल्याण आमा समूहका प्रस्तुति रहे ।त्यस्तै बालकलाकार सम्पदा जिसी र स्नो भ्यू बोडिङ स्कूलले पनि आफ्नो प्रस्तुति राख्यो ।

महोत्सवको आकर्षणका रुपमा आलु तथा ताजा तरकारीको बृहत प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार, कृषकका लागि माटो, बोटविरुवा परीक्षण तथा रोगको निदान रहेका छन् । त्यस्तै कृषक तथा कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रतियोगिता, चर्चित कलाकारहरुका प्रस्तुति, कृषक सम्मान साथै विभिन्न कृषि उपज, वीउविजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी पनि छन् ।

 

  • २७ चैत्र २०८१, बुधबार २२:०२ प्रकाशित