आन्दोलन शान्तिपूर्ण र हिंस्रक दुवै हुनसक्छ : नेता लोहनी

केन्द्रभाग मिडिया

काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता डा. प्रकाशचन्द्र लोहनीले राजावादी शक्तिको आन्दोलन शान्तिपूर्ण र हिंस्रक दुवै हुनसक्ने चेतावनी दिएका छन् । राजावादी शक्तिहरूको एक समूह संयुक्त जनआन्दोलन समितिले बुधबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता लोहनीले शान्तिपूर्ण आन्दोलनमाथि दमन नगर्न सरकारलाई आग्रह गरे ।

नेता लोहनीले राज्यको क्रुरतालाई सहेर पार्टी चुप नबस्ने भन्दै संघर्ष शान्तिपूर्ण वा हिस्रक दुवै हुनसक्ने चेतावनी दिए । लोहनीले पार्टीले शुरु गरेको आन्दोलन जुनसुकै तहमा पुगेर भएपनि सफल गराउने दाबी गरे ।

  • २७ चैत्र २०८१, बुधबार १६:०६ प्रकाशित