रेसुंगा ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ५० वर्षपछि शिक्षा विधेक गणतन्त्रले बोकेर ल्याएकाले शिक्षकका समस्या अबिलम्ब पूरा गर्नुपर्नेमा जोड दिएका छन । नेपाली कांग्रेस गुल्मीको तेस्रो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै शर्माले कामहरु भइरहेको आगामी संसदमा पारित गर्ने गरेर शिक्षकहरुलाई घर फर्काउन जरुरी रहेको बताए ।
शर्माले कुनै दल र व्यक्तिलाई आरोप लगाएर शिक्षकको समस्याबाट उम्कन नहुने बताए । देशलाई अनुकूल र समुन्नत बनाउने प्रयास भइरहेकाले राजालाई गद्दीमा राखेर मात्रै समृद्धि प्राप्त नहुने बताए । देशमा भइरहेका विकास र आशासहित उर्जा बोकेर कांग्रेस गाउँगाउँमा पुग्नुपर्ने समेत शर्माले बताए ।
पूर्व राजा ज्ञानेन्द्रलाई श्रीपेच चुनाव चिन्ह लिएर निर्वाचन लडेर बहुमतका साथ सरकार चलाउन आग्रह गर्दै हिंसामा नलाग्न आग्रह समेत आग्रह गरे ।













