पोखरा ।
विश्वकै कान्छि भागवत वाचिका बालविदुषी अनुराधा पाण्डेयले श्री गण्डकी कोटिहोम महायज्ञमा चैत्र २९ गते बाट कथा प्रवचन सुरु गर्ने भएकी छिन । पोखरा १७ बिरौटामा सञ्चालन हुन लागेको ऐतिहाँसिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको शुरुवात तथा प्रचार प्रसार स्वरुप चैत्र २९ गतेबाट कथा प्रवचन हुने भएको हो ।
२०८२ साल बैशाख १७ गतेदेखि सञ्चालन हुने कोटिहोम महायज्ञको प्रचारप्रसार स्वरुप यहि चैत्र २९ गते बाट नै कथा प्रवचन हुने भएको आयोजकले जनाएको छ । कोटिहोम महायज्ञमा पहिलो कथा प्रवचनका लागि विश्वकै कान्छि भागवत वाचिका अनुराधा पाण्डेय भारतबाट नेपाल आउने भएकी छन् । बालविदूषी अनुराधा पाण्डेयले कोटिहोम महायज्ञमा आगामी चैत्र २९ गतेबाट कथा प्रवचन गर्ने कार्यक्रम तय भएको आयोजक मानव सेवा फाउण्डेसन नेपाल कास्की शाखाले जानकारी दिएको छ ।
अहिले कोटिहोम महायज्ञको प्रचारप्रसाका विविध कार्यक्रमहरु सञ्चालन भैरहेको छ ।













