शिक्षकको माग सम्बोधन नगरे सरकारविरुद्ध जनआन्दोलन उठ्ने झलनाथको चेतावनी

केन्द्रभाग मिडिया

File Photo

काठमाडौं ।
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले विगत एक सातादेखि काठमाडौंको सडकमा आन्दोलन गरिरहेका शिक्षकहरको माग पुरा गर्न सरकारसँग माग गरेका छन । काठमाडौंको सडकमा देशभरका शिक्षकहरू आन्दोलन उत्रिँदा पनि सरकारले सुनेको नसुन्यै गरिरहेको भन्दै खनालले आपत्ति समेत जनाएका छन ।

खनालले विज्ञप्ती जारी गर्दै ‘आन्दोलनरत शिक्षकहरूका मागहरूलाई अभिलम्ब सम्बोधन गर्न, शिक्षा ऐन ल्याउने कुराको ग्यारेन्टी गर्न, शैक्षिक क्षेत्रका सम्पूर्ण समस्याहरू समाधान गर्न र शिक्षकहरूलाई अभिलम्ब आ–आफ्ना विद्यालयमा फर्केर नियमित पठनपाठनमा संलग्न हुने सहज वातावरण तयार पार्न वर्तमान सरकारसँग जोडदार माग गरेका छन । साथै विज्ञप्तीमा भनिएको छ सरकारले आदरणीय शिक्षकहरूका मागहरू सम्बोधन नगरेको खण्डमा सरकारका विरुद्ध अझ फराकिलो दायराबाट जनआन्दोलन उठ्ने कुराको चेतावनी दिन चाहन्छु ।’

उनले शिक्षकहरूको जायज र न्यायपूर्ण आन्दोलनप्रति समर्थन रहेको समेत जनाएका छन ।

  • २७ चैत्र २०८१, बुधबार १३:४९ प्रकाशित