काठमाडौं ।
पार्टी सभापति रवि लामिछानेमाथि प्रहरी ज्यादती भएको भन्दै राष्ट्रिय मानव अधिकारी आयोग समक्ष राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ध्यानाकर्षण गराएको छ । पार्टीका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रमुख सचेतक सन्तोष परियार लगायतका नेताहरु बुधवार बिहान आयोगको कार्यालय पुगेर ध्यानाकर्षण गराएका थिए ।
उनीहरुले लामिछानेको मानव अधिकार रक्षाका लागि आयोग पदाधिकारीको ध्यानाकर्षण गराएका हुन । सहकारीको रकम ठगेको कसुरमा चैत २२ गते शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो ।
लामिछानेलाई पक्राउ पुर्जी विना नियन्त्रणमा लिएको र प्रहरीले ज्यादती गरेको भन्दै रास्वपाले विरोध जनाउँदै आएको छ ।













