पोखरा ।
आज (सोमबार) अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको भाउ बढेको छ । विगत केही दिनदेखि घट्दै आएको विदेशी मुद्राहरुको विनियमदर आज बढेको हो । अरु मुद्राको तुलनामा आज बहराइन दिनारको विनियमदर धेरै बढेको छ ।
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिददर १३७ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३७ रुपैयाँ ६४ पैसा छ । हिजो र अस्ती स्थिर रहेको अमेरिकी डलर आज बढेको हो । हिजो अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ०८ पैसा र बिक्रीदर १३६ रुपैयाँ ६८ पैसा थियो।
आज युरो १ को खरिददर १४९ रुपैयाँ ९८ पैसा र बिक्रीदर १५० रुपैयाँ ६४ पैसा छ । हिजो युरो १ को खरिददर १४९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १४९ रुपैयाँ ७५ पैसा थियो । त्यस्तै आज पाउन्ड १ को खरिददर १७५ रुपैयाँ ६२ पैसा र बिक्रीदर १७६ रुपैयाँ ३९ पैसा छ। हिजो पाउन्ड १ को खरिददर १७५ रुपैयाँ ४३ पैसा र बिक्रीदर १७६ रुपैयाँ २० पैसा थियो ।
त्यसैगरि अस्ट्रेलियन डलर १ को खरिददर ८२ रुपैयाँ ९५ र बिक्रीदर ८३ रुपैयाँ ३१ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८२ रुपैयाँ २५ र बिक्रीदर ८२ रुपैयाँ ६१ पैसा थियो । त्यसैगरि कुबेती दिनार १ को खरिददर ४४५ रुपैयाँ २१ पैसा र बिक्रीदर ४४७ रुपैयाँ १६ पैसा छ। हिजो कुबेती दिनार १ को खरिददर ४४२ रुपैयाँ ०९ पैसा र बिक्रीदर ४४४ रुपैयाँ ०४ पैसा थियो ।
आज बहराइन दिनार १ को खरिददर ३६३ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३६५ रुपैयाँ ०६ पैसा छ। हिजो बहराइन दिनार १ को खरिददर ३६० रुपैयाँ ९६ पैसा र बिक्रीदर ३६२ रुपैयाँ ५६ पैसा थियो ।