काठमाडौं ।
राजावादीहरूले १५ चैतमा गरेको प्रदर्शनका क्रममा कोटेश्वरस्थित जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्रमा आगजनीमा संलग्नमध्ये कुमार तामाङसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका एसपी अंगुर जिसीका अनुसार सन्चोसहितका औषधि उत्पादन गर्दै आएको उक्त कम्पनीमा आगो लगाउने समूहका युवामध्ये मुख्य नाइके तामाङसहित चारजना समातिएका हुन् । उनलाई प्रहरीले आइतबार काठमाडौंबाट आगजनी गर्दाकै हुलीयामा पक्राउ गरेको हो ।
पक्राउ पर्ने मध्य सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–४ बस्ने दिनेश खड्का लाई प्रहरीले १८ चैतमा काठमाडौंबाटै र अर्का युवक ताप्लेजुङको फुङलिङ नगरपालिका–३ बस्ने सुशील बराललाईं १९ चैतमा समातिएको हो ।
जडीबुटी कम्पनीमा आगो लगाउने अर्का युवक रामेछापको गोकुलगंगा गाउँपालिका–२ निवासी केशव बस्नेतलाई फक्राउ गरिएको हो । आज पक्राउ परेका तामाङले तीनकुनेबाट अराजक हुँदै अघि बढ्ने क्रममा ट्राफिक लाइट र प्रहरी बस्ने बिट पनि तोडफोड गरेको पाइएको छ । एसपी जिसीका अनुसार तामाङ ट्राफिक लाइट तोड्द लगाएको टीसर्ट लगाएरै घुमिरहेको अवस्थामा पक्राउ परेका हुन् ।
उता काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरापालिकाकी ३० वर्षीया एनी कुँवरलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनलाई तीनकुनेमा राजावादीले आगजनी गर्दा जलेका पत्रकार सुरेश रजकको घरमा शंकास्पद छिरेको पाइएपछि पक्राउ गरिएको हो ।