मन्त्रिपरिषद बैठक बस्दै, गभर्नर नियुक्तिकाे सम्भावना

केन्द्रभाग मिडिया

काठमाडौ ।
मन्त्रिपरिषद्को नियमित बैठक आज बस्दैछ । बैठक दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेगरी बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

मन्त्रिपरिसदको बैठकको एजेन्डा नखुलाइएको भएपनि बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्ने सम्भावना रहेको एक मन्त्रीले बताए ।

महाप्रसाद अधिकारीको कार्यकाल २३ चैतमा सकिएपछि गभर्नर पद रिक्त छ ।

  • २५ चैत्र २०८१, सोमबार १०:५० प्रकाशित