समाजसेवी बिल बहादुर गुरुङको स्मृतिमा अन्तर बिद्यालय व्याडमिन्टन प्रतियोगिता हुने

केन्द्रभाग मिडिया

oplus_0

पोखरा ।

पोखरामा अन्तर बिद्यालय स्तरीय व्याण्डमिन्टन प्रतियोगिता हुनेभएको छ ।

बिल्स फाउण्डेसनको आयोजनामा यही २७ चैतदेखि प्रथम बिल बहादुर मेमोरियल अन्तरबिद्यालय स्तरीय व्याडमिन्टन प्रतियोगिता गर्न लागिएको आयोजक फाउन्डेसनका सचिव बरदान लामाले जानकारी दिए ।

प्रतियोगिताले व्याडमिन्टन खेलको तल्लोतह (ग्रासरुट) बाटै विकास गराउदै पोखरालाई खेल पर्यटनको केन्द्र बनाउने अभियानमा थप टेवा पुग्ने विश्वासका साथ यस बर्षदेखि कास्की जिल्ला तथा प्रदेश स्तरीय प्रतियोगिता आयोजना गरिएको उनले बताए ।

प्रतियोगितामा १६ बर्ष मुनिका खेलाडीहरु सहभागी (यू–१६) एकल छात्र तथा छात्रा तर्फको इभेण्टमा बिजेतालाई २० हजार, उपविजेतालाई १० हजार र तेश्रो हुने दुई जनालाई जनही ५/५ हजार साथमा ट्रफी मेडल र प्रमाण पत्र प्रदान गरिने उनले बताए ।

त्यसै गरी १९ बर्ष मुनिका खेलाडीहरु सहभागी (यू–१९) एकल छात्र तथा छात्रा तर्फको इभेण्टमा बिजेताले ३० हजार, उपविजेतालाई २० हजार र तेश्रो हुने दुई जनालाई जनही १०/१० हजार साथमा ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

त्यस्तै बी लेवलको गण्डकी खुल्ला डवल तर्फको इभेण्टमा विजेताले ३० हजार, उपविजेताले २० हजार र तेश्रो हुनेले जनही १०/१० हजार साथमा ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ ।

३० चैतसम्म संचालन हुने प्रतियोगिता सम्पन्न गर्न करिब १० लाख खर्च लाग्ने फिड नेपाल स्पोट्स प्लेक्सका अध्यक्ष तुलसी गुरूङले जानकारी दिए ।

उनका अनुसार फिड नेपालले विगत ४ बर्ष देखि खेलाडी उत्पादनमा जोड दिदै आउने क्रममा राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी निभा राई, दिलाषा राना लगायतका खेलाडी उत्पादन गर्न सफल भएको हो ।

बौद्ध अघौं सदनका परिकल्पनाकार, संस्थापक सचिव एवं पूर्व अध्यक्ष, कालिका मावि बिद्यालय व्यबस्थापन समितिका पूर्व अध्यक्ष, गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स एशोसियसनका पूर्व अध्यक्ष, धम्भ पोखरा विपासना शिविरका संस्थापक अध्यक्ष, पोखरा उद्योग बाणिज्य संघका पूर्व सदस्य, मनकामना पेट्रोल पम्प, जय बुद्ध आयल स्टोर्सका पूर्व संचालक, हिमालयन पेट्रोलपम्पका संस्थापक सचिव, शान्ति संगम आयल स्टोर्स मुग्लिङका संचालक, गण्डकी धौलागिरी क्षेत्र मा २०२९ सालमा पहिलो पेट्रोलपम्प हिमालय पेट्रोलियम क.प्रालि स्थापन गरेसंगै बभिन्न संघ संस्थामा आबद्ध  पोखरा क्षेत्रका एक समाजसेवी बिल बहादुर गुरुङको स्मृतिमा उक्त प्रतियोगिता आयोजना गरिएको हो।

पोखरा बुद्धचोक निबासी ९१ बर्षीय गुरुङको काठमाडौं उपचारकै क्रममा गत बर्ष ९२०८०० २७ चैतमा निधन भएको थियो ।

  • २५ चैत्र २०८१, सोमबार १०:१० प्रकाशित