पोखरा ।
आज अमेरिकी डलरको भाउ यथावत छ । अस्ट्रेलियन डलर, युरो, पाउन्ड, दिनारसहित धेरैजसो विदेशी मुद्राको विनियमदर घटेको छ । हिजो पनि धेरैजसो विदेशी मुद्राको मूल्य घटेको थियो । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनियम दर अनुसार अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ०८ पैसा र बिक्रीदर १३६ रुपैयाँ ६८ पैसा छ । हिजो र अस्ती पनि अमेरिकी डलरको विनियमदर यही थियो ।
आज युरो १ को खरिददर १४९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १४९ रुपैयाँ ७५ पैसा छ। हिजो युरो १ को खरिददर १५० रुपैयाँ ३९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ०५ पैसा थियो । त्यस्तै आज पाउन्ड १ को खरिददर १७५ रुपैयाँ ४३ पैसा र बिक्रीदर १७६ रुपैयाँ २० पैसा छ । हिजो पाउन्ड १ को खरिददर १७६ रुपैयाँ ८४ पैसा र बिक्रीदर १७७ रुपैयाँ ६२ पैसा थियो ।
त्यसैगरि अस्ट्रेलियन डलर १ को खरिददर ८२ रुपैयाँ २५ र बिक्रीदर ८२ रुपैयाँ ६१ पैसा छ । हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८२ रुपैयाँ ५२ र बिक्रीदर ८२ रुपैयाँ ८८ पैसा थियो । त्यसैगरि कुबेती दिनार १ को खरिददर ४४२ रुपैयाँ ०९ पैसा र बिक्रीदर ४४४ रुपैयाँ ०४ पैसा छ। हिजो कुबेती दिनार १ को खरिददर ४४२ रुपैयाँ ५१ पैसा र बिक्रीदर ४४४ रुपैयाँ ४६ पैसा थियो ।
आज बहराइन दिनार १ को खरिददर ३६० रुपैयाँ ९६ पैसा र बिक्रीदर ३६२ रुपैयाँ ५६ पैसा छ। हिजो बहराइन दिनार १ को खरिददर ३६० रुपैयाँ ९९ पैसा र बिक्रीदर ३६२ रुपैयाँ ८५ पैसा थियो ।