अर्घाखाँचीमा जिप दुर्घटना २ जनाको ज्यान गयो, दुई घाइते

केन्द्रभाग मिडिया

अर्घाखाँची ।
अर्घाखाँचीमा जिप दुर्घटना हुँदा २ जनाको ज्यान गएको छभने २ जना घाइते भएका छन् । मालारानी गाउँपालिका–३ ढुङ्गाडेस्थित लुटीपोखरी–खनदह भित्री सडकखण्डमा लु २ च २९९० नम्बरको सिङ्गल क्याब जिप दुर्घटना हुँदा दिलिप खनाल र बालकृष्ण रिजालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । प्रहरीका अनुसार उनीहरु मालारानी ४ का हुन ।

प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका दुवैलाई उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्क लगिएकोमा बिहान चिकित्सकले मृत घोषणा गरेका थिए । खनदहतर्फ गइरहेको जिप आज बिहान साढे तीन बजेतिर दुर्घटना भएको जानकारी प्रहरीले पाएको थियो । लगत्तै खनदहबाट प्रहरी टोली उद्धारमा खटिएको थियो ।

अन्य २ जना घाइतेलाई थप उपचारका लागि बुटवल पठाइएको छ ।

  • २४ चैत्र २०८१, आईतवार १०:२४ प्रकाशित