पोखरा महानगर व्यवसाय प्रवद्र्धन केन्द्रद्धारा स्थानीय पथ प्रदर्शक तालिम

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरा महानगरले घोषणा गरेको पोखरा भ्रमण वर्ष २०२५ लाई सार्थकता दिने उद्देश्यले स्थानीय पथ प्रदर्शक तालिम सञ्चालन गरिएको छ ।  पोखरा भ्रमण वर्ष २०२५ कार्य सम्पादन समतिको समन्वय र व्यवसाय प्रवद्र्धन केन्द्र पोखरा महानगरपालिकाको आयोजनामा शनिवार देखि उक्त तालिम सुरु भएको हो ।

सो तालिमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं ९ का अध्यक्ष दीपेन्द्र मर्सानीले पोखरा महानरको आधिकारिक पथ प्रदर्शक बनाउनको लागि तालिमको आयोजनाग गरिएको बताए । पोखरा महानगरभित्रका ग्रामीण भेग देखि शहरी भेगमा रहेको पर्यटकीय गन्तब्यको पहिचान गरी पोखरा भ्रमण वर्ष घोषणा गरिएको भएतापनि पर्यटकीय शहर बनाउनका लागि पथ प्रदर्शकको महत्वपूर्ण भुमिका रहने भएकाले पथ प्रदर्शक तालिमले पोखरा भ्रमण वर्षलाई सार्थकता दिने उनको भनाइ रहेको थियो ।

सो अवसरमा वोल्दै पोखरा महानगर आर्थिक बिकास महाशाखा प्रमुख मनहर कडरियाले पर्यटकीय पूर्वाधार स्थलगत घुम्नेठाउँ भएको भएतापनि पोखरा महानगरमा आधिकारिक पथ प्रदर्शक नभएको सन्दर्भमा व्यवसाय प्रवद्र्धन केन्द्रले आधिकारिक पथ प्रदर्शक बनाउने उद्देश्यले तालिमको आयोजना गरेको बताए । पथ प्रदर्शकहरुले आइडिकार्डको माग समेत बेलाबेलामा गर्दै आइरहेको सन्दर्भमा तालिम पश्चात पथ प्रदर्शकको लागि आइडीकार्ड संगै महाशाखाको साइटमा समेत पथ प्रदर्शकको नाम र जानकारी समेत राख्ने पर्यटकहरुलाई सजिलै पथ प्रदर्शकको ब्यवस्था मिलाउनका लागि सहज हुने उनको भनाइ रहेको थियो ।

आगामी दिनमा पोखरा भित्रको ठाउँहरुको पहिचान गरी त्यसको बारेमा समेत जानकारी गराउने उद्देश्यले तालिमहरु प्रदान गर्ने उनको भनाइ रहेको थियो ।त्यस्तै पोखरा पर्यटन परिषदका महासचिव जीवन सापकोटाले २०१६ र २०१८ मा सिटी टुर गाइडको तालिम गरेको र त्यस समयमा आइडीकार्ड प्रदान गरेको भएतापनि त्यस पश्चात उक्त कार्डहरु नविकरण नभएको र त्यो कार्डले समेत आधिकारिकता नपाइरहदा महानगरले अहिले आएर तालिमको आयोजना गरेकोमा आभार प्रकट गरे । नयाँ पथ प्रदर्शक तालिम र पुरानालाई रिफ्रेसमेन्ट तालिमको आयोजना गरिएको र तालिम पश्चात आइडीकार्ड प्रदान गरी नयाँ पर्यटकीय गन्तब्यहरुमा समेत पर्यटक पुर्याउन आफुुहरुलाई सहज हुने उनको भनाइ रहेको थियो ।

तालिममा पुराना लाई ३ दिनको रिफ्रेसमेन्ट र नयाँलाई १५ दिनको तालिम प्रदान गरी दुवै समुहकालाई समापनको दिन आइडी कार्ड वितरण गरिने व्यवसाय प्रवद्र्धन केन्द्रका प्रमुख नवराज अधिकारीले बताए । तालिममा राम बहादुर कुँवर, कृष्ण खरेल र एकराज सिलवालले सहजीकरण गर्नेछन ।

 

  • २३ चैत्र २०८१, शनिबार २०:३६ प्रकाशित