अमेरिकी डलरसहित यी मुद्राको भाउमा गिरावट

केन्द्रभाग मिडिया

पोखरा ।

आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको भाउ घटेको छ । हिजो पनि धेरैजसो विदेशी मुद्राको भाउ घटेको थियो । अन्य मुद्राको तुलनामा आज अस्ट्रेलियन डलर र पाउन्डको भाउमा भने व्यापक गिरावट आएको छ ।

नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ०८ पैसा र बिक्रीदर १३६ रुपैयाँ ६८ पैसा छ । हिजो अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ४० पैसा र बिक्रीदर १३७ रुपैयाँ थियो ।

त्यसैगरि आज युरो १ को खरिददर १५० रुपैयाँ ३९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ०५ पैसा छ। हिजो युरो १ को खरिददर १५० रुपैयाँ ८२ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा थियो । पाउन्ड १ को खरिददर १७६ रुपैयाँ ८४ पैसा र बिक्रीदर १७७ रुपैयाँ ६२ पैसा छ । हिजो पाउन्ड १ को खरिददर १७९ रुपैयाँ ४५ पैसा र बिक्रीदर १८० रुपैयाँ २४ पैसा थियो ।

त्यसैगरि अस्ट्रेलियन डलर १ को खरिददर ८२ रुपैयाँ ५२ र बिक्रीदर ८२ रुपैयाँ ८८ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ५० र बिक्रीदर ८६ रुपैयाँ ८९ पैसा थियो । कुबेती दिनार १ को खरिददर ४४२ रुपैयाँ ५१ पैसा र बिक्रीदर ४४४ रुपैयाँ ४६ पैसा छ। हिजो कुबेती दिनार १ को खरिददर ४४३ रुपैयाँ ३८ पैसा र बिक्रीदर ४४५ रुपैयाँ ३३ पैसा थियो ।

आज बहराइन दिनार १ को खरिददर ३६० रुपैयाँ ९९ पैसा र बिक्रीदर ३६२ रुपैयाँ ८५ पैसा छ। हिजो बहराइन दिनार १ को खरिददर ३६१ रुपैयाँ ८३पैसा र बिक्रीदर ३६३ रुपैयाँ ४२ पैसा थियो ।

  • २३ चैत्र २०८१, शनिबार ०५:५४ प्रकाशित