पोखरा ।
जाजरकोट केन्द्रबिन्दु भएको शुक्रबार साँझ लगातार दुईवटा भूकम्प गएको छ । पहिलो भूकम्प साँझ ८ बजेर ७ मिनेटमा गएको थियो भने दोस्रो भूकम्प तीन मिनेटपछि गएको थियो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रले दिएको जानकारी अनुसार भूकम्पको केन्द्रबिन्दु पैंक क्षेत्र आसपास रहेको थियो । पहिलो भूकम्पको तीव्रता ५.२ म्याग्निच्युडको रहेको थियो । दोस्रो भूकम्पको तीव्रता ५.५ म्याग्निच्युड थियो ।
भूकम्पका कारण केही घरहरु चर्किएको जानकारी आएको भएपनि क्षतिको बारेमा जानकारी लिनेक्रममै रहेको जाजरकोटका प्रमखु जिल्ला अधिकारी मेखबहादुर मंग्रातीले जानकारी दिए । ‘केही घरहरु चर्किए भन्ने जानकारी प्राप्त भएको छ । क्षतिको विवरण लिने क्रममै छैं । सुरक्षा निकायलाई खटाएका छौं’ केन्द्रभागसंग उनले भने ।