पोखरा ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समाज रुपान्तरणमा गीत सङ्गीत शक्तिशाली हुने बताएका छन । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजनामा पोखरामा आयोजित लोक गायक पुरुषोत्तम न्यौपाने एकल साँझको उद्घाटन गर्दै गण्डकी प्रदेश लोक संस्कृतिको मुख्य थलो भएको बताए ।
समृद्धि र विकासले मात्र खुसी नमिल्ने बताउदै मन्त्री गुरुङले व्याक्तिलाई खुसी बनाउन गीत संगीतको आवश्यक पर्ने र यसमा लोक गीत अझ सशक्त रहेको बताए । गण्डकी प्रदेशले धेरै लोक श्रष्टा जन्माएको बताउँदै गुरुङले सहित्य, कला र संगीतको उर्वर भूमि भएको समेत बताए ।
गीत गाउन, नाच्न र रमाउने वातावरण लोकतन्त्रका कारण सम्भव भएको बताउदै गुरुङले गणतन्त्रको विकल्प अरु कुनै तन्त्र हुन नसक्ने समेत बताए ।