मोदीसँगको भेटपछि ओलीले भने– भेटवार्ता सार्थक र रचनात्मक

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेका उपमहासचिव तथा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालले प्रधानमन्त्री केपी शर्मा ओली र समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजीबिचको भेटवार्ता सार्थक सकारात्मक भएको जनाएका छन् ।
शुक्रबार बिमस्टेक सम्मेलनका क्रममा थाइल्यान्डको बैंककमा ओली र मोदीबिच भेटवार्ता भएको थियो ।

उक्त भेटवार्तापछि रिमालले सामाजिक सञ्जालमा भनेका छन्, ‘सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओली र उहाँका समकक्षी भारतीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीजीबिच भेटवार्ता सम्पन्न भयो । उहाँहरू बिचको आत्मीय र सौहार्दपूर्ण भेटवार्ता अत्यन्त सार्थक र सकारात्मक रह्यो ।’

साथै उनले वान टु वान भएको भेटवार्तालाई प्रधानमन्त्री ओलीले आत्मीय बनाउँदै खुसी व्यक्त गरेको जनाएका छन् । प्रधानमन्त्रीको भनाई उदृत गर्दै रिमालले भनेका छन्– ‘दुई प्रधानमन्त्रीको मात्र उपस्थितिमा (वान–अन–वान) भएको यस भेटवार्तालाई प्रधानमन्त्री ओलीले आत्मीय बताउँदै खुसी व्यक्त गर्नुभएको छ ।’

त्यस्तै प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीसँग आत्मीय र सौहार्दपूर्ण संवाद भएको बताएका छन् ।

  • २२ चैत्र २०८१, शुक्रबार १७:१७ प्रकाशित