भारतले नेपालसँगको सम्बन्धलाई ठुलो प्राथमिकता दिन्छ : मोदी

केन्द्रभाग मिडिया

काठमाडौं ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले नेपालसँगको सम्बन्धलाई ठुलो प्राथमिकता दिएको बताएका छन । बिमस्टेक शिखर सम्मेलनपछि बैंककमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटपछि मोदीले यस्तो बताएका हुन ।
भेटपछि मोदीले सामाजिक सञ्जाल ट्वीटर (एक्स)मा लेखेका छन, ‘‘बैंककमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटघाट फलदायी रह्यो । भारतले नेपालसँगको सम्बन्धलाई ठुलो प्राथमिकता दिएको छ ।’’

भेटमा मोदीले नेपाल र भारतको मित्रताका विभिन्न पक्षमा कुराकानी भएको प्रष्ट पारेका छन । मोदीले थप लेखेका छन, ‘‘हामीले भारत–नेपाल मित्रताका विभिन्न पक्षहरू विशेष गरी ऊर्जा, कनेक्टिभिटी, संस्कृति र डिजिटल प्रविधि जस्ता क्षेत्रहरूमा छलफल गर्यौं।’’

मोदीले बिमस्टेक शिखर सम्मेलनबाट केही सकारात्मक परिणाम प्राप्त भएको उल्लेख गरेका छन । उनले थप लेखेका छन, ‘‘हामीले यस वर्षको बिमस्टेक शिखर सम्मेलनबाट प्राप्त केही प्रमुख सकारात्मक परिणामहरू विशेष गरी विपद् व्यवस्थापन र समुद्री यातायातका क्षेत्रहरूमा पनि कुरा गर्यौं ।’’

  • २२ चैत्र २०८१, शुक्रबार १७:१३ प्रकाशित