काठमाडौं ।
राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीलाई पुर्जी बिनै घरमा प्रहरीले निगरानीमा राखेको राष्ट्रिय मानव अधिकार आयोजले जनाएको छ ।
आयोगले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सुवेदीलाई विना पुर्जी निजकै घरमा प्रहरी निगरानीमा राखिएको पाइएको जनाएको हो । शुक्रबार आयोगका सदस्य मनोज दुवाडी सम्मिलित टोलीले नजरबन्दमा राखिएको भनिएका सुवेदीलाई भेटेको प्रवक्ता डा. टीकाराम पोखरेलले जानकारी दिए ।
त्यसैगरी प्रहरी हिरासतमा रहेका विभिन्न व्यक्तिको अवस्था र घटनामा परी घाइते भएकाहरूको उपचारको अवस्थाबारे पनि टोलीले विभिन्न अस्पतालमा पुगी जानकारी लिएको उनको भनाइ छ । आयोगले चैत १५ मा भएको तीनकुने घटनाका सम्बन्धमा छानबिन÷अनुसन्धान कार्य जारी रहेको भन्दै आवश्यक सहयोग पु¥याउन सबैलाई आग्रह समेत गरेको छ ।