तीनकुनेमा कार्यक्रम गर्न नदिन राज्य व्यवस्था समितिको निर्देशन

केन्द्रभाग मिडिया

काठमाडौं ।
काठमाडौंको तीनकुने क्षेत्रमा अबदेखि कुनैपनि कार्यक्रम गर्न अनुमति नदिन प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

शुक्रबार समितिको बैठकमा सांसदहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पेट्रोल पम्पहरू, सञ्चार गृहहरू रहेको तीनकुने क्षेत्रमा कार्यक्रमका लागि अनुमति दिएको विषयमा प्रश्न उठाएका थिए ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले दुर्गा प्रसाईंलाई चैत १५ गते तीनकुनेमा कार्यक्रम र प्रदर्शन गर्न अनुमति दिएको थियो । राज्य व्यवस्था समितिले अबदेखि तीनकुनेमा कुनै पनि कार्यक्रम आयोजना गर्न अनुमति नदिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र गृह मन्त्रालयलाई निर्देशन दिएको हो ।

समिति बैठकमा सांसदहरूका प्रश्नमा जबाफ दिएका गृहमन्त्री रमेश लेखकले विगतमा तीनकुनेमा कार्यक्रम गर्न दिने गरेको भन्दै अबदेखि त्यस्तो अनुमति नदिइने बताए ।

  • २२ चैत्र २०८१, शुक्रबार १६:१० प्रकाशित