प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीबिच भेटवार्ता

केन्द्रभाग मिडिया

काठमाडौं।
प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज थाइल्याण्डको बैंककमा भेटवार्ता भएको छ ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौं शिखर सम्मेलन सकिएपछि प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

नेपालमा ओली प्रधानमन्त्री भएको साढे ८ महिना भएको छ । तर, अहिलेसम्म ओलीले भारतीय प्रधानमन्त्री मोदीका तर्फबाट भारत भ्रमणको निमन्त्रणा पाएका छैनन् । यसअघि पुष्पकमल दाहाल र त्यसअघि शेरबहादुर देउवाले भारत भ्रमणको अवसर पाएका थिए । ओलीको भारत भ्रमण हुन नसक्नुलाई भारतसँगको सम्बन्धमा चिसोपन आएको रूपमा हेरिँदै आएको छ ।

थाइल्यान्डमा ओली र मोदीको भेटलाई बहुप्रतीक्षित भेटघाटका रूपमा हेरिएको थियो । प्रधानमन्त्री भएको तीन महिनाभित्रै ओलीले गत असोजमा न्युयोर्कमा मोदीसँग साइडलाइन भेटवार्ताको अवसर पाएका थिए । संयुक्त राष्ट्रसंघको ७९ औं महासभाका दौरान साइडलाइन भेटवार्ता भएको हो । त्यसपछि ओली र मोदी बिमस्टेकको मञ्चमा भेटेका हुन् ।

  • २२ चैत्र २०८१, शुक्रबार १५:३९ प्रकाशित