तीनकुने घटनाबारे आईजी थापाले भने दुर्गा प्रसाई स्टेप बाइ स्टेप कदम चालेर भागे

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेपाल प्रहरीका महानिरीक्षक (आईजी) दिपक थापाले तीनकुने घटनाका मुख्य कमाण्डर दुर्गा प्रसाईंलाई पक्राउ गर्नका लागि प्रहरी परिचालन भएको जानकारी गराएका छन् । शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा तीनकुने घटनाबारे ब्रिफिङ गर्दै महानिरीक्षक थापाले यस्तो बताएका हुन् ।

उनका अनुसार सो घटनामा राज्यविरुद्धको अपराधमा २० जना र आपराधिक उपद्रव अन्तर्गत ५८ जनालाई मुद्दा चलाइएको छ ।  दुर्गा प्रसाईं लगायतलाई समात्नका लागि गृहमन्त्री संगको सहकार्यमा कुन कसुरमा हो भनेर आफुहरुले हेरिरहेको बताउदै अपराधिक कार्य गर्नेले गिरफ्तारी नदिने गरेको समेत थापाले बताए ।

उनले १५ गते घटना घटेको दिन आफूहरू रातभर प्रसाईंको खोजीमा लागेको बताएका छन् । तर, उनले स्टेप बाइ स्टेप कदम चालेर भागेको देखिएको ब्रिफिङ गरे ।दुर्गा प्रसाईं विरुद्ध पनि जाहेरी दर्ता भएर खोजी भइरहेको बताउदै थापाले प्रसाईंलाई कति दिनमा समात्न सकिन्छ भनेर एकिन नभएको समेत बताए ।

  • २२ चैत्र २०८१, शुक्रबार १५:३४ प्रकाशित