काठमाडौं ।
विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरु कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको वार्तामा नजाने भएका छन ।
विभिन्न जिल्लाबाट काठमाडौँ आएर आन्दोलन गरिरहेका शिक्षकहरु कार्यवाहक प्रधानमन्त्री सिंहले दिउँसो तीन बजे बोलाएको वार्तामा नजाने भएका हुन ।
त्यो वार्तामा आफूहरू नजाने विद्यालय कर्मचारी परिषद् अध्यक्ष गङ्गाराम तिवारीले जानकारी दिए । आफुहरु प्रधानमन्त्री बाहेक आरु संग वार्तामा नबस्ने समेत तिवारीले बताए ।
देशभरका शिक्षकहरू काठमाडौँ आएर चैत २० गतेदेखि आन्दोलन गरिरहेका छन् ।