पाल्पामा वनको डढेलो निभाउने क्रममा जलेर एक जनाको ज्यान गयो

केन्द्रभाग मिडिया

तानसेन ।

वनमा लागेको डढेलो आगो निभाउने क्रममा पाल्पामा एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा पाल्पा रिब्दीकोट गाउँपालिका ७ पालुङमैनादीका ६१ वर्षीय टेक बहादुर सर्तुङगी मगर रहेका छन ।

बिहीबार बेलुकी ५ बजेतिर घर नजिकैको पालुङ् सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा भिरबाट लडेर आगोमा जली उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

वनमा लागेको डढेलो निभाउने क्रममा सर्तुङ्गीमगर भिरबाट २० मिटर तल आगोमा खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सन्दीप बेल्बासेले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

  • २२ चैत्र २०८१, शुक्रबार १४:५८ प्रकाशित