काठमाडौं ।
गृह मन्त्रालयले ६ जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी (सिडिओ) खटाएको छ । मन्त्रालयले कन्चनपुर, स्याङजा, प्युठान, लम्जुङ, अर्घाखाँची र दार्चुला जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई मन्त्रालयमा सरुवा गरी पाँच सहसचिव र एक उपसचिवलाई सिडियोमा खटाएको हो ।
कञ्चनपुरमा सहसचिव लक्ष्मण ढकाल, प्यूठानमा दीपकराज नेपाल, अर्घाखाँचीमा वेदप्रसाद खरेल, स्याङ्जामा ईश्वरीप्रसाद अर्याल, लमजुङमा माधवप्रसाद खरेललाई खटाइएको छ । दार्चुलामा जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा कार्यरत अनिल पौडेललाई सिडिओमा खटाइएको छ ।
कञ्चनपुरका नारायणप्रसाद सापकोटा, स्याङ्जाकी सुनिता नेपाल, अर्घाखाँचीका बाबुराम अर्याल, लमजुङका बुद्ध गुरुङ, प्यूठानकी रमा आचार्य सुवेदी र दार्चुलाका यज्ञराज जोशीको गृह मन्त्रालयमा सरुवा गरिएको छ ।