बक्यौता उठाएकै कारण पदबाट हटाइयो : कुलमान घिसिङ

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् महसुल बक्यौता उठाएकै कारण आफूलाई सरकारले पदबाट हटाएको बताएका छन ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै घिसिङले आफूले विद्युत् महसुल बक्यौता अदालतको आदेशअनुसार उठाएको तर सरकारले बक्यौता उठाएकै कारण आफूलाई हटाएको बताए । आफूले बक्यौता नउठाउन आएका दबाब र प्रभावलाई अस्वीकार गरेको कुलमानको भनाइ थियो ।

आफु पदबाट हट्नुपर्ने मुख्य कारण नै बक्यौता उठाउने आफ्नो प्रयास भएको बताउदै घिसिङले सार्वजनिक संस्थाको बक्यौता उठाउन खोज्दा आफुलाई राज्यविरुद्धको अपराधीको रुपमा सरकारले हेरेको बताउदै त्यसको हिसावकिताब जनताले माग्ने समेत बताए ।

  • २२ चैत्र २०८१, शुक्रबार १३:५८ प्रकाशित