तीनकुने घटनाबाट लोकतान्त्रिक गणतन्त्र सुरक्षित नभएको चित्रबहादुर केसीको भनाई

केन्द्रभाग मिडिया

Deputy Prime Minister Chitra Bahadur KC speaks at the Reporters' Club in Kathmandu, on Saturday, November 14, 2015. Photo: Reporters' Club

काठमाडौं ।
राष्ट्रिय जनर्मोचाका अध्यक्ष चित्रबहादुर केसीले तीनकुनेको आन्दोलन लोकतन्त्र र गणतन्त्र सिद्धाउने नियतका साथ आएको बताएका छन् । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले लोकतन्त्र र गणतन्त्र सिध्याउने आन्दोलन भनेको शत्रुतापूर्ण आन्दोलन भएको बताएका हुन ।

तीनकुनेको आन्दोलन लोकतन्त्र र गणतन्त्र सिद्धाउनुपर्छ भन्ने ढंगको प्रवाह भएको बताउदै त्यसतर्फ सरकार सतर्कतार र सजक हुन नसकेको केसीले बताए । संविधानभित्रका कतिपय विषयमा मतभेद हुनसक्ने र आफु समेत आन्दोलनमै रहेर प्रदेश संरचना हुनु हुदैन भनेर लागिरहेको समेत बताए । राजावादीहरुले आफ्नो पक्षमा जनलहर बनाउदै आन्दोलन गर्नुपर्नेमा हिंसात्मक आन्दोलन गरेको उनको भनाइ थियो ।

तीनकुनेको घटनालाई हेर्ने हो भने लोकतान्त्रिक गणतन्त्र सुरक्षित छैन भन्ने देखिएको उनले बताए । ‘ हामी सजक हुनुपर्छ। जनता चिढिएका छन्, लोकतन्त्रमाथि विरोध गर्ने आँट कहाँबाट आयो ? जनता किन चिढिए ?’उनले प्रश्न गरे।
केसीले प्रतिगमन हुँदा सधैं मिडियामाथि नै हमला हुने गरेको भन्दै त्यसको समेत विरोध गरे ।

  • २२ चैत्र २०८१, शुक्रबार १३:४३ प्रकाशित