तीनकुने प्रदर्शनमा १३४ जना घाइते, १८ भवनमा क्षती, १२ स्थानमा आगजनी, ३९ वटा सवारी साधनमा तोडफोड

केन्द्रभाग मिडिया

काठमाडौं । गत चैत्र १५ गते तीनकुनेमा राजावादीहरुले गरेको आन्दोलनमा १ सय ३४ जना घाइते, १८ वटा भवनमा क्षती, १२ स्थानमा आगजनी र ३९ वटा सवारी साधनमा तोडफोड भएको गृह मन्त्रालयले जनाएको छ ।
गृहमन्त्री रमेश लेखकले प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा घटनाबारे जवाफ दिँदै उक्त जानकारी दिएका हुन् ।

गृहमन्त्री लेखकका अनुसार घटनामा नेपाल प्रहरीतर्फ ५५ जना, सशस्त्र प्रहरी बलतर्फ २५ जना र प्रदर्शनकारीतर्फ ५४ जना घाइते भएका छन् । उनीहरू केहीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने केही उपचारपछि घर फर्किसकेका छन् ।

घटनामा भएको भौतिक क्षतिको विवरण सङ्कलन गर्ने काम भइरहेको समेत गृहमन्त्रीले जानकारी दिए ।

  • २२ चैत्र २०८१, शुक्रबार १३:०८ प्रकाशित