काठमाडौं ।
दक्षिण कोरियका राष्ट्रपति युन सुक योललाई संवैधानिका अदालतले अपदस्त गरेको छ । दक्षिण कोरियामा सैनिक कानुन घोषणा गरेका राष्ट्रपति योलमाथि लगाइएको महाभियोग प्रस्तावलाई शुक्रबार संवैधानिक अदालतले सदर गरेको हो ।
संवैधानिक अदालतका आठै जना सदस्य योलमाथिको महाभियोग सदर गरी उनलाई पदमुक्त गर्ने फैसलामा एक मत भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।
उनी पदमुक्त भएसँगै दक्षिण कोरियामा अब ६० दिनभित्र आम निर्वाचन गर्नुपर्नेछ । गत डिसेम्बर ३ मा राष्ट्रपति योलले देशमा सैनिक कानुन घोषणा गरेका थिए । तर उनको घोषणालाई दुई घन्टामै संसदले उल्ट्याइदिएको थियो ।
रातारात बहुमत सांसदहरू उपस्थित भई भएर सैनिक कानुन लागु गर्ने राष्ट्रपतिको घोषणाविरूद्ध मतदान गरेका थिए । बहुमत सांसदहरूले राष्ट्रपतिको कदमविरूद्ध मतदान गरेपछि राष्ट्रपति योलको कमद असफल बनेको थियो। लोकतन्त्रमाथि प्रहार गरेको भन्दै संसदले राष्ट्रपति योलमाथि महाभियोग लगाएको थियो ।
दक्षिण कोरियामा संसदले महाभियोग लगाएर मात्रै राष्ट्रपतिलाई हटाउन सक्दैन। संसदबाट लगाएको महाभियोगमा संवैधानिक अदालतले अन्तिम फैसला गछ । शुक्रबार संवैधानिक अदालतले योलमाथिको महाभियोग सदर गरेपछि उनी राष्ट्रपतिबाट पदमुक्त भएका छन ।
योलपछि दक्षिण कोरियाली संसदले कार्यवहाक राष्ट्रपति हान डक सूलाई पनि महाभियोग लगाएको थियो। उनले योलविरूद्धको महाभियोग प्रक्रिया अगाडि नबढाएको भन्दै संसदले महाभियोग लगाएर हटाएको थियो । उनीमाथिको महाभियोग संवैधानिक अदालतले अस्वीकृत गरिदिएपछि कार्यवहाक राष्ट्रपतिको जिम्मेवारी पुनर्बहाली भइसकेका छन्। अब उनैले आगामी ६० दिनभित्र दक्षिण कोरियामा चुनाव गराउनेछन ।