काठमाडौं ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सरकारले नागरिक आरोग्य सेवालाई ७५३ वटै पालिकामा बिस्तार गर्ने बताएका छन् । शुक्रवार राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग सेवा केन्द्रको सेवा शुभारम्भ गर्दै स्वास्थ्य मन्त्री पौडेलले नागरिक आरोग्य सेवालाई ७५३ वटै पालिकामा बिस्तार गर्ने योजनाअनुसार सरकार अघि बढिरहेको बताएका हुन् ।
उनले आयुर्वेद क्षेत्रलाई व्यापक ढङ्गले विकास गर्ने कोसिस सरकार रहेको बताए । उनले नागरिक आरोग्य सेवा सबै पालिकामा पु¥याउने गरी आगामी आर्थिक वर्षको बजेटमा व्यवस्था गर्ने प्रतिबद्धता जनाए । उनले आयुर्वेद नेपालको मौलिक प्रणाली हुनुका साथै जीवनपद्धति भएको उल्लेख गरे ।
उनले आयुर्वेद नेपालको संस्कृति र सभ्यता भएको बताउँदै नेपाल आयुर्वेद क्षेत्रको हब बन्नुपर्ने बताए । मन्त्री पौडेलले आयुर्वेद नेपालबाटै उत्पत्ति भएको हो भन्ने कुरा विश्वलाई बुझाउन सक्नुपर्नेमा जोड दिए । मन्त्रालयले निरोगी नेपाली वा नेपालीलाई रोग लाग्न नदिन केके उपाय अपनाउन सकिन्छ, भनेर कोसिस गरिहेको बताउदै स्क्रिनिङको कार्यक्रम व्यापक ढङ्गले सञ्चालन गरेको समेत बताए