काठमाडौं ।
आज सुनको भाउ घटेको छ । हिजो (बिहीबार) दिन उच्च मूल्य रेकर्ड बनाएको सुन आज घटेको हो ।
अघिल्लो दिनको तुलनामा सुनको भाउ तोलामा ३ हजार ९ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि भाउ प्रतितोला १ लाख ७६ हजार ४ सय रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन १ लाख ८० हजार ३ सय रुपैयाँ थियो ।