अमेरिकी डलर र बहाराइन दिनारको भाउ घट्यो, अन्यको भाउ कस्तो ?

केन्द्रभाग मिडिया

पोखरा ।

आज अमेरिकी डलर र बहराइन दिनारको भाउ घटेको छ । तर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको भाउ भने बढेको छ । यी मुद्राको विनियमदर हिजो पनि बढेको थियो ।

नेपाल राष्ट्र बैंककले आज शुक्रबारका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसारअमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ४० पैसा र बिक्रीदर १३७ रुपैयाँ छ । हिजो अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ५० पैसा र बिक्रीदर १३७ रुपैयाँ १० पैसा थियो ।

आज युरो १ को खरिददर १५० रुपैयाँ ८२ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा छ। हिजो युरो १ को खरिददर १४७ रुपैयाँ ४१ पैसा र बिक्रीदर १४८ रुपैयाँ ०६ पैसा थियो । आज पाउन्ड १ को खरिददर १७९ रुपैयाँ ४५ पैसा र बिक्रीदर १८० रुपैयाँ २४ पैसा छ । हिजो पाउन्ड १ को खरिददर १७६ रुपैयाँ ६६ पैसा र बिक्रीदर १७७ रुपैयाँ ४३ पैसा थियो ।

त्यसैगरि अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ५० र बिक्रीदर ८६ रुपैयाँ ८९ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ०८ र बिक्रीदर ८६ रुपैयाँ ४६ पैसा थियो । कुबेती दिनार १ को खरिददर ४४३ रुपैयाँ ३८ पैसा र बिक्रीदर ४४५ रुपैयाँ ३३ पैसा छ । हिजो कुबेती दिनार १ को खरिददर ४४२ रुपैयाँ ६९ पैसा र बिक्रीदर ४४४ रुपैयाँ ६४ पैसा थियो ।

आज बहराइन दिनार १ को खरिददर ३६१ रुपैयाँ ८३पैसा र बिक्रीदर ३६३ रुपैयाँ ४२ पैसा छ । हिजो बहराइन दिनार १ को खरिददर ३६२ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ६८ पैसा थियो ।

  • २२ चैत्र २०८१, शुक्रबार ०७:१६ प्रकाशित