संघीय लोकतान्त्रिक मोर्चाको १३ बुँदे आचारसंहिता

केन्द्रभाग मिडिया

कठमाडौं ।

मधेस केन्द्रित सात दलले घोषणा गरेको संघीय लोकतान्त्रिक मोर्चाले १३ वटा आचारसंहिता तय गरेका छन् । आज काठमाडौंमा एक कार्यक्रम गरि घोषणा गरिएको मोर्चामा जनमत, जसपा नेपाल, लोसपा, नागरिक उन्मुक्ति, राष्ट्रिय मुक्ति, जनता प्रगतिशील र तमलोपा रहेका रहेका छन ।

आचारसंहितमा मोर्चाका आवद्ध दलहरुले सार्वजनिक रुपमा एक अर्काको आलोचना, घोचपेच नगरी अभिव्यक्ति प्रस्तुतदेखि मोर्चाको उद्देश्य विपरित नहुने गरि अन्य मोर्चामा आवद्ध हुन वा अन्य दलहरुसँग एकीकरण गर्न वाधा नहुने उल्लेख छ ।

मोर्चाका आचारसंहिता

–मोर्चाको बैठक आलोपालो सबै घटक दलको कार्यालय वा संसदीय दल वा दलहरुको सुविधा हुने ठाँउमा राखिने छ ।
–मोर्चाको बैठक आयोजना गर्ने दलले नै उक्त दिनको बैठकको अध्यक्षता र मिडिया संयोजन तथा मिडिया ब्रिफिङ गर्नेछ ।
–मोर्चामा सहमति वा निर्णय गरिएका एजेन्डा र कार्यक्रम सबै घटक दलले पालना गर्नेछ ।
–मोर्चाका निर्णयहरु सहमतिका आधारमा गरिनेछ । यसरी सहमतिका आधारमा गरिएका निर्णयहरु नै मोर्चाका आधिकारीक निर्णय र धारणा हुनेछ ।–मोर्चासँग विचार मिल्ने दललाई मोर्चाको निर्णय अनुसार मोर्चामा सहभागी गराउन वा त्यस्तो दलसँग सहकार्य गर्न अथवा आमन्त्रित दलको रुपमा सहभागी गराउन सकिनेछ ।
–मोर्चाका आवद्ध दलहरुले सार्वजनिक रुपमा एक अर्काको आलोचना, घोचपेच नगरी अभिव्यक्ति प्रस्तुत गर्नेछ । तर वैचारिक एवं सैद्धान्तिक सवालमा आ–आफ्नो विचार सार्वजनिक गर्न बाधा पर्ने छैन ।
–आवश्यक कार्यविधि निर्माण गरी मोर्चाका आवद्ध दलहरुबीच विभिन्न क्षेत्र, तहहरुमा सहकार्य गर्न सक्नेछ ।
–मोर्चाको मुल समितिमा प्रत्येक घटक दलबाट अध्यक्ष सहित बढीमा ३ जनासम्म सदस्य राख्न सकिनेछ ।
–मोर्चाको नियमित बैठक संचालन र व्यवस्थापनको निम्ति प्रत्येक घटक दलबाट एकरएक जना सदस्य रहने गरी सचिवालय गठन गरिनेछ । सचिवालयले एजेन्डा, योजना र कार्यक्रमको खाका तयार गरि मुल समितिमा पेश गर्नेछ । यसका अतिरिक्त तोकिएका कार्यहरु गर्नेछ ।
–मोर्चाले आवश्यकता अनुसार विभिन्न समिति÷कार्यदलहरु गठन गरी कार्य गर्न सक्नेछ ।
–मोर्चाका घटकदलहरु मध्ये अधिकांश दललाई कुनै पनि विषयमा तत्काल छलफल गर्न आवश्यक लागेमा बैठक डाक्न सक्नेछ । बैठकको छुट्टै माइन्युट हुनेछ र त्यसको व्यवस्थापन सचिवालयले गर्नेछ ।
–बैठकमा सहभागीहरुले मर्यादित रूपमा सदभावपुर्ण वातावरणमा आ–आफ्नो पार्टीको तर्फबाट धारणा राख्नेछन् ।
–मोर्चामा आवद्ध दलहरू मोर्चाको उद्देश्य विपरित नहुने गरि अन्य मोर्चामा आवद्ध हुन वा अन्य दलहरुसँग एकीकरण गर्न वाधा हुने छैन ।

  • २१ चैत्र २०८१, बिहीबार १७:०१ प्रकाशित