काठमाडौं ।
सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज उत्पीडनविरुद्ध अनिश्चितकालीन काठमाडौँ केन्द्रित आन्दोलन थालेको छ ।
जसअनुसार पीडितहरूले बिहीबार रत्नपार्कमा भेला भएर बालुवाटारमा धर्ना दिएका छन् । निषेधित क्षेत्र नजिक पीडितहरूले धर्ना दिएका छन् ।
सो क्रममा उनीहरुले सरकार र सहकारी तथा लघुवित्त संघर्ष समितिबिच भएको सहमति कार्यान्वयन गर्न माग गरे । आन्दोलनका लागि विभिन्न जिल्लाबाट लघुवित्त पीडित काठमाडौँमा आएका हुन् ।