बागलुङ ।
बागलुङमा चैते दशैं मेलाका लागि कोटमैदान जाँदै गरेको जिप दुर्घटनामा परेको छ । दुर्घटनामा परेर एक जनाको ज्यान गएको छ भने तीनजना घाइते भएका छन् ।
प्रहरीका अनुसार गलकोट नगरपालिका–३ हटिया बजारदेखि कोटमैदान जाँदै गरेको ग १ ज ६१०० नम्बरको जिप दुर्घटना हुँदा गलकोट –११ रिघाका २२ वर्षीय विष्णु रानाको ज्यान गएको हो ।
दुर्घटनामा गलकोट–५ सर्दाखेतका २२ वर्षीय राजन विक, वडा नम्बर ४ डाँडाखेतका १९ वर्षीय रमेश सुनार र वडा नम्बर ३ बोहराफाँटका १९ को अशोक बोहरा घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए ।
उनका अनुसार जिपमा चारजना सवार थिए । घाइते तीन जनाको गलकोट नगर अस्पतालमा उपचार भइरहेको यादवले जानकारी दिए । चैतेदसैँ मेलाका लागि कोटमैदान जाँदै गर्दा जिप दुर्घटनामा परेको उनले बताए ।