सरकारलाई शिक्षक महासंघको जवाफ– वार्ताको औचित्य छैन

केन्द्रभाग मिडिया

काठमाडौं ।
सरकारले बोलाएको वार्ताको औचित्य नरहेको आन्दोलनरत शिक्षक महांघले जनाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत शिक्षकहरूलाई बिहीबार वार्ताका लागि आह्वान गरेको छ ।

वार्तामा बसेर सहमति भइसकेकाले पुन वार्ता र सहमति आवश्यक नरहेको शिक्षक महासंघका अध्यक्ष लक्ष्मिकिशोर सुवेदीले बताए । सुवेदीका अनुसार आन्दोलनरत शिक्षकहरु ऐन जारी गर्ने सुनिश्चितता भएमा मात्र मन्त्रालय जाने महासंघको तयारी छ । सहमति र छलफलको औचित्य नभएको समेत सुवेदीले बताए ।

शिक्षा ऐन जारी गर्न माग गर्दै २ महिनादेखि शिक्षकहरूले आन्दोलन गरिरहेका छन् । बुधबारदेखि भने अनिश्चितकालीन काठमाडौंकेन्द्रित सडक आन्दोलन गरिरहेका छन् । यसअघि २०८० असोज ५ मा सरकारसँग ६ बुँदे सहमति भइ सकेको छ । सो सहमति अनुसार ऐन जारी गर्न माग गर्दै शिक्षकहरु आन्दोलनमा होमिएका हुन ।

  • २१ चैत्र २०८१, बिहीबार १४:१० प्रकाशित