काठमाडौं ।
काठमाडौं महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाईं ३ महिना १४ दिनपछि आफ्नो नियमित जिम्मेवारीमा फर्किएका छन । कर्मचारी र जनप्रतिनिधिहरुको सहयोगमा गुरागाईं बिहीबार कार्यालय फर्किएर जिम्मेवारी सम्हालेका हुन् ।
काठमाडौं महानगरका शिक्षक कर्मचारीले अब त तलब पाउँछन् होला है ? भन्दै पत्रकारले सोधेको प्रश्नमा गुरागाईँले भने पाउनुपर्ने हो । काठमाडौं महानगरका प्रवक्ता नवीन मानन्धरले प्रमुख प्रशासकीय अधिकृतले जिम्मेवारी सम्हालेको र भोलिदेखि सबै बातावरण सहज हुने बताए ।
महानगर प्रमुख बालेन साहले प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाइदिएका थिए । सो ताला फुटाएर कर्मचारीले उनलाई कार्यकक्षमा आसिन गराएका हुन् । प्रवक्ता मानन्धरले भोलिबाट प्रशासकीय अधिकृत कार्यालय आउन कुनै समस्या नहुने दाबी समेत गरेका छन ।