काठमाडौं ।
आन्दोलनरत शिक्षकहरुलाई सरकारले वार्तामा बोलाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बिहीबार विज्ञप्तिमार्फत आन्दोलन गरिरहेका शिक्षकहरूलाई वार्तामा बोलाएको हो ।
मन्त्रालयले जारी गरेको विज्ञप्तिमा शिक्षक समुदायसंग विगत झै फेरिपनि सान्दर्भिक छलफल गर्न र साझा धारणा निर्माण गर्न नेपाल सरकार हमेशा तयार रहेकाले शिक्षा तथा कमएचा।प्का प्रतिनिधिहरुलाई मन्त्रालयमा स्वागत गर्न आफुहरु तयार रहेको मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले जनाएका छन । विद्यालय शिक्षा विधेयक स्वीकृतिको पर्खाइमा रहेकाले यसका लागि सामूहिक सन्देश प्रवाह गर्न मन्त्रालय सदैव सकारात्मक रहेको विज्ञप्तीमा उल्लेख छ ।
यता, विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले बुधबारदेखि काठमाडौंमा प्रदर्शन थालेका छन् । यसअघि धर्ना र अनशनलगायतका कार्यक्रम गरेका शिक्षक माग सुनुवाइ नभएको भन्दै काठमाडौं केन्द्रित भएर सडकमा उत्रिएका हुन् ।