काठमाडौं ।
गत चैत्र १५ गते राजसंस्था पुनस्र्थापनाको माग राखी भएको आन्दोलनको घटना प्रति राप्रपाले विभिन्न पाँच बुँदे मागसहित प्र्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई ध्यानाकर्षण पत्र बुझाएका हुन ।
ध्यानाकर्षण पत्रमा घटनाबारे सर्वोच्च अदालतको पूर्व न्यायाधीशको अध्यक्षतामा मानव अधिकार आयोग, नागरिक समाज सम्मिलित स्वतन्त्र छानबिन आयोगको गठन गनुपर्ने, छानबिनका लागि गृहमन्त्रीको राजीनामा हुनुपर्ने, चैत्र १५ गतेको दमनमा नेतृत्व गर्ने प्रहरी प्रमुख र प्रशासनिक नेतृत्वको निलम्बन गर्नुपर्ने माग गरिएको छ ।
यस्तै मृतकहरू सबिन महर्जन र सुरेश रजकलाई सहिद घोषणा तथा क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने, राप्रपा नेताहरू रवीन्द्र मिश्र र डा धवलसम्शेर राणा लगायत अन्यमाथिको मुद्दा खारेजी र निर्दोषहरूको रिहाई गर्नुपर्ने, घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था गर्नुपर्ने माग गरिएको लिङ्देनले बताए ।














