काठमाडौं ।
राजसंस्था पनुस्र्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिले देशभर र प्रवासमा पनि समिति गठन गर्ने भएको छ । समितिले वक्तव्य जारी गर्दै देशभरका सबै जिल्ला र प्रवासमा संयुक्त आन्दोलन परिचालन समिति विस्तार गर्ने बताएको हो ।
समितिका प्रवक्ता स्वागत नेपालले आन्दोलन कमजोर नभएको बताउँदै अझै सशक्त बनाउन देशैभर समिति गठन गरेर आन्दोलनलाई सभ्य रुपमा अघि बढाउने बताएका छन् । अहिले औपचारिक रुपमा आन्दोलन नै सुरु नभएको बताउँदै उनले चरणबद्ध कार्यक्रम घोषणा गर्ने बताएका छन् । जस अनुसार प्रचारात्मकदेखि अल्टिमेटम हुँदै अनिश्चितकालीन आमहड्तालका कार्यक्रम घोषणा गरिने उनको भनाइ छ ।