सुनको भाउ १ लाख ८० हजार ३ सय

केन्द्रभाग मिडिया

काठमाडौं ।
बिहीबार सुनको भाउ हालसम्मकै उच्च बनेको छ । बुधवार सामान्य मूल्य घटेको सुनको मुल्य बिहीबार प्रतितोला १ लाख ८० हजार ३ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिनको तुलनामा आज १२ सय रुपैयाँले सुन बढेको हो । अघिल्लो दिन १ लाख ७९ हजार १ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

चाँदीको भाउ तोलामा २५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला २ हजार २० रुपैयाँ रहेको चाँदी आज १ हजार ९ सय ९५ रुपैयाँ पुगेको छ ।

  • २१ चैत्र २०८१, बिहीबार १२:३८ प्रकाशित