काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत गुरागाईं हाजिर हुन कार्यालय पुगे

केन्द्रभाग मिडिया

काठमाडौं ।
गत पुष ७ गतेदेखि बिदामा राखिएका काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत सरोज गुरागाईं बिहीबार कार्यालयमा हाजिर हुन पुगेका छन् । महानगरले नगरको नगर प्रहरीले गेटमै रोक्न खोजेको भएतापनि गुरागाईंलाई महानगरका कर्मचारीहरुले कार्यालय प्रवेश गराएका हुन ।

पुष ७ गतेदेखि गुरागाईंलाई बिदामा राखी नियुक्त भएका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्दप्रसाद शर्माले पनि राजीनामा दिएपछि अहिले महानगर प्रमुख प्रशासकीय अधिकृतविहीन रहेको छ ।

यस्तो अवस्थामा आफूहरूले तलबसमेत खान नपाएको भन्दै कर्मचारीहरू आक्रोशित बनेका छन । उनीहरूले कुनै पनि हालतमा प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई हाजिर गराउने बताइरहेका छन् ।

  • २१ चैत्र २०८१, बिहीबार १२:२४ प्रकाशित